भाेलि गगन कांग्रेसकाे मुख्यालय सानेपा जाँदै, बैठक राख्ने तयारी
नेपाली कांग्रेस पार्टीका सभापति गगन थापा भोलि पार्टी कार्यालय सानेपा जानेभएका छन् ।
पार्टीको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका थापा महाधिवेशन पछि पहिलो पल्ट सानेपा जान लागेका हुन् । शेरबहादुर देउवा समूहका नेता तथा कार्यकर्ताले विशेष महाधिवेशनको निर्णय नमान्ने तथा त्यो एउटा समूहको गुट भेला मात्र भएको भन्दै आएका थिए ।
निर्वाचनको लागि देउवा समूहका नेताहरुले सभापति गगनबाट आएको टिकट स्वीकार गरेपछि उनी सानेपा जानका लागेका पार्टी प्रवक्ता देवराज चालिसेले बताए । चालिसेको जानकारी अनुसार भोलि पार्टी कार्यालयमा सभापतिले बैठक पनि राख्ने छन् ।
यसअघि, देउवा गुटका बैठक सानेपामा र पार्टीको नियमित बैठक भने नयाँ बानेश्वर स्थित अर्पण बैक्ंवेटमा बस्दै आएको थियो ।






Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्