बालेन आएपछि झापाका सुकुम्वासी त्रसित छन् : केपी ओली

धितो न जमानीको मान्छेलाई भोट दिएर मत खेर नफाल्नुस्

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले धितो न जमानीको मान्छेलाई मत दिएर आफ्नो मत खेर नफाल्न आग्रह गरेका छन् ।

बुधबार झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बैंकले नोट छाप्दा धितो जमानी बिना नछाप्ने भन्दै भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्न नहुने जिकिर गरे । नचिनेको मान्छेलाई २०६४ सालमा मत दिँदा विकासमा पछि परेको स्मरण गर्न उनको आग्रह छ ।

आफूले महोत्तरीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहको घरअघि सडक, पुल निर्माण गरिदिएको तर झापामा साहले के गरेको छ ? भन्दै प्रश्न गरे । साहले काठमाडौंका सुकुम्वासीहरुको उठिवास गराएको देखेर झापाका सुकुम्वासीहरुले आफूलाई झापाबाट पनि भगाउने हुन् की भन्ने डर पैदा भएको गुनासो गरेको ओलीले बताए ।

हरेक निर्वाचन क्षेत्रमा पर्यटक उम्मेदवारलाई नभइ स्थानीय उम्मेदवारलाई मतदान गरेर जिताउनुपर्ने उनको भनाइ छ। उनले नेकपा एमाले बहुमत ल्याउन, सांसद बन्न, मन्त्री, प्रधानमन्त्री बन्नका लागि मात्रै नभइ देश जोगाउन, शान्ति सुव्यवस्था कायम गर्नका लागि र संविधानलाई लयमा ल्याउनका लागि संघर्ष गरिरहेको बताए ।

ओलीले भने, ‘नयाँ को भन्दा चिनेको जानेको छैन । बैंकले नोट छाप्दा धितो जमानी बिना छाप्दैन । यहाँ भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्नु हुन्छ ? खोज्दै कहाँ जानुहुन्छ, घर देख्नुभएको छ ? हामी त कमसेकम के भन्नसक्छौँ भने मैले यहाँ खुशीसाथ आएका उम्मेदवार यो ठाउँमा केही पनि छैन । राष्ट्रियस्तरमा भिजन भएको पनि होइन । उहाँले यहाँ के गर्ने ? उहाँको घर अघिको बाटो मैले पक्की बनाइदिएको छु । मैले उहाँको घर अघिको बाटोमा पुल हालिदिएको छु । उहाँको महोत्तरी जिल्ला क्षेत्र नम्बर ३ को मटियानीबाट जनकपुर जाने बाटोमा त्यहाँ पुल हालिदिएको छु । हामी त गर्छौं त । कुनै काम गरेको छैन, कुनै काम देखाएको छैन । सुकुम्बासी साथीहरुले भन्दै थिए, सुकुम्बासी भत्काउने अरे, डोजर लगाउने अरे । कोको मान्छे पो आएका छन् भनेर डर लाग्यो भन्दै थिए ।’

ओलीले बालेन साह उम्मेदवार मात्रै हुन गएको र त्यसले केही नबिग्रिने बताए । सामाजिक सञ्जालको तुवाँलोले फिँजाएको भ्रमबाट मुक्त हुन उनको आग्रह छ ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्