ओलीको निर्देशन: आर्मीले झैँ हात-खुट्टा मिलाएर हिँड्नु, जनताको सुरक्षा दिनु

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं । नवनिर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नवनिर्वाचित पार्टी केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले पार्टीलाई एकताको भावनाका साथ नयाँ उचाईमा पुर्‍याउने दृढता व्यक्त गरे ।

उनले पार्टीमा केही समस्या देखिएको उल्लेख गर्दै आगामी दिनमा त्यस्ता खालको कुनैपनि कमजोरी हुन नदिने दाबी गरे ।

उनले नवनिर्वाचित केन्द्रीय समितिमा नेताहरुलाई एक स्वर भएर पार्टीको विधान महाधिवेशनले तय गरेका वैचारिक, संगठनात्मक र कार्यक्रमिक नीति अनुसार अघि बढ्न पनि सचेत गराए ।

उनले आर्मीले मार्च गरेजस्तो पार्टीका हरेक सदस्यहरुले एकस्वर, एकतालका साथ अघि बढ्न निर्देशन दिए ।

ओलीले भने,‘हाम्रो एक आवाज हुनुपर्दछ । दोस्रो विधान महाधिवेशनले पारित गरेका वैचारिक, सगठनात्मक, कार्यक्रमिक नीतिअनुसार हामी अगाडि बढ्नेछौँ । र ती नीतिहरुमा एक स्वर भएर परेडमा आर्मीले मार्च गरेजस्तो हाम्रा हातहरु पनि बराबर हल्लिने, खुट्टाहरु पनि बराबर चल्ने गरी ताल मिलाएर हामी अघि बढ्नेछौँ ।’

अध्यक्ष ओलीले टोलटोलमा सुरक्षा समिति बनाएर आम जनताको सुरक्षाको काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्