प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच सिंहदरबारमा भेटवार्ता
No ads found for this position
No ads found for this position
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
आईतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा कार्की र भण्डारीबीच भेटवार्ता भएको हो ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सिंहदरबारसहिति संसद भवन, सर्वोच्च अदालत लगायतका सरकारी भवनहरुमा आगजनी र तोडफोड समेत भएको थियो ।
प्रधानमन्त्री कार्कीलाई भेट्नुअघि भण्डारीले आगजनी र तोडफोड भएको सिंहदरबारको अवलोकन एवं निरीक्षण गरिन् । भण्डारी र कार्कीबीच आगामी निर्वाचन, देशको समसामयिक राजनीतिक अवस्थाबारे पनि छलफल भएको छ ।
प्रतिक्रिया


