पार्टीमा हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ: ओली

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुँदै जाने बताएका छन् । उनले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको प्रतिक चिन्ह सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।

उनले भने, ‘अधिवेशन हुँदा कमिटीमा केही साथी हट्ने त केही नयाँ हुने यो सिलसिला हुन्छ नै । पार्टीमा पुनर्गठन हुनुपर्छ । हस्तान्तरण पुस्तान्तरण यो स्वभाविक विषय हो । हस्तान्तरण पनि हुन्छ । पुस्तान्तरण पनि हुन्छ । ’

उनले अधिवेशन पनि सोही कारण गर्नपर्ने उनले बताए ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्