मैले बोलेपछि महाधिवेशन सकिन्छ, त्यसमा कुनै छलफल हुँदैन: ओली

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालिको महाधिवेशन आफ्नो एकतर्फी रूपमा निर्देशनात्मक मन्तव्यपछि बिनाछलफल सकिने बताएका छन्। एमालेको केन्द्रीय शिक्षा तथा मानव स्रोत विभागले शुक्रबार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा ओलीले यस्तो बताएका हुन् ।

उनले भने,’महाधिवेशनमा यसपल्ट मैले एकतर्फी रूपमा सम्बोधन गर्ने हो। मेरो उद्घाटन मन्तव्य आउँछ। त्यसमा पनि छलफल हुँदैन, यतिमै सबिन्छ। मेरो निर्देशनात्मक सम्बोधनपछि त्यसमा छलफल गर्न भ्याइँदैन। छलफल गर्न थाल्यो भने महाधिवेशन पाँच-सात दिन जान्छ। त्यो हामी धान्न सक्दैनौं,’

उनले अहिले विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने बताए। उनले अहिले मुख्य काम विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्नु भएको बताए।

नेतृत्व चयन र पार्टी पुनर्गठनको कुरा उठाउँदै केही नेताहरूले उपद्र मच्चाएकाले मात्र महाधिवेशन एक वर्षअगाडि सारेको उनले बताए।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्