सर्को तानेको बेलामा केही नबोल्न र नलेख्न बालेनलाई मन्त्री पुनको आग्रह

No ads found for this position
No ads found for this position

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले काठमाडौं महानगरका मेयर बालेन शाहलाई सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध गरेका छन् ।

मन्त्री पुनले काठमाडौं महानगरका मेयर बालेन शाह प्रति लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकमा बालेन शाहको कटाक्ष गरेका हुन् ।

उनले लेखेका छन्, ‘केही केही आशा लाग्दा अभियन्ता र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ । सर्को ताने पनि केही छैन तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ ।’

बालेन शाहले हिजो राति सामाजिक सञ्जालमा लेखेको एक स्टाटस अहिले निकै भाइरल भइरहेको छ । शाहले केही मिनेटमा नै त्यो स्टाटस डिलिट गरेका थिए ।

बालेनले राजनीतिक दल, अमेरिकी र छिमेकी मुलुकलाई लक्षित गर्दै आपत्तिजनक र अशोभनीय स्टाटस लेखेका थिए। उनले भारत, चीन, अमेरिका र प्रमुख राजनीतिक दलहरूलाई लक्षित गर्दै आपत्तिजनक स्टाटस लेखेका थिए।

बालेन सामाजिक सञ्जालमा लेखेका स्टाटसका कारण चर्चामा रहने गर्छन्। यसअघि पनि सिंहदरवारमा आगो लगाइदिनेजस्ता अभिव्यक्तिका कारण उनी विवादमा परेका थिए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *