यी हुन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय : राष्ट्रपति पौडेलको कतार भ्रमण स्वीकृत
No ads found for this position
No ads found for this position
काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णय सार्वजनिक गरेको छ ।
सरकारले राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधि मण्डलको कतार भ्रमण स्वीकृत गरेको छ ।
कात्तिक १७ गतेदेखि २० गतेसम्म कतारमा हुने ‘सेकेन्ड वल्र्ड समिट फर सोसल डेभलपमेन्ट’मा राष्ट्रपति पौडेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मङ्गलबारको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेका हुन् ।
यस्तै नेपाली सेनाका एक प्रमुख सेनानीलाई महासेनानीमा र एक सहायक रथीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिए ।

प्रतिक्रिया


