नवनियुक्त ४ मन्त्रीले लिए शपथ

काठमाडौं । अन्तरिम सरकारका नवनियुक्त ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मन्त्रीहरु अनील कुमार सिन्हा, मदन परियार, जगदीश खरेल र महावीर पुनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
उद्योग, कानुनमन्त्रीका रुपमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रीका रुपमा महावीर पुन, कृषि मन्त्रीका रुपमा मदन परियार र सञ्चार तथा सूचना प्रविधि मन्त्रीका रुपमा पत्रकार जगदीश खरेलले शपथ लिएका हुन् ।
शपथमा समारोहमा प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधिश प्रकाशमान सिंह राउत, उपराष्ट्रपति रामसहाय प्रसाद यादवलगायत विशिष्ट व्यक्तिहरु सहभागी छन्।
प्रधानमन्त्री कार्कीले यसअघि गृहमा ओमप्रकाश अर्याल, अर्थमा रामेश्वर खनाल र ऊर्जामा कुलमान घिसिङ नियुक्त गरेकी छन्।