अन्तरिम क्याबिनेट विस्तार- महावीर पुन र जगदीश खरेल मन्त्री बन्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले क्याबिनेट विस्तार तयारी गरेकी छन् । भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएको दुई दिनपछि तीनजना मन्त्री नियुक्त गरेकी कार्कीले क्याबिनेट विस्तारका लागि छलफल तीव्र पारेकी हुन् ।
उनले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बन्न राष्ट्रिय अनुसन्धान केन्द्रका सञ्चालक महावीर पुनलाई प्रस्ताव गरेकी छन् । पुनले पनि जिम्मेवारी लिन सकारात्मक रहेको जवाफ दिएका छन् ।
यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा सञ्चारकर्मी जगदीश खरेललाई नियुक्त गरिने सम्भावना छ । खरेल इमेज टेलिभिजनका समाचार प्रमुखका रुपमा कार्यरत छन् ।
अहिलेसम्म क्याबिनेटमा जाने दुई मन्त्रीको नाम करिब फाइनल भइसकेको छ ।
अन्य मन्त्रीको विषयमा छलफल भइरहेको बुझेको छ।
यसअघि कुलमान घिसिङ ऊर्जामन्त्री, ओमप्रकाश अर्याल गृह तथा कानुन मन्त्री र रामेश्वर खनाल अर्थमन्त्री भइसकेका छन् ।