प्रधानमन्त्रीलाई चिनियाँ राजदूतले भने- नेपाललाई हरेक प्रकारको सहयोग गर्न चीन तयार छ

No ads found for this position
No ads found for this position
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भेटवार्ता गरेका छन् ।
नेपाललाई हरेक प्रकारको सहयोग गर्न चीन तयार रहेको धारणा राख्दै राजदूत सोङले नेपाली जनताले गरेको आन्दोलनलाई स्वागत गरे ।
प्रधानमन्त्री कार्कीले पनि नेपाल छिमेकी देश चीनसँग सहकार्य गर्न तयार रहेको धारणा राखिन् । उनले यो बेला नेपाललाई चीनको आवश्यक सहयोग रहेको धारणा राखिन् ।
यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री कार्कीसँग फोनवार्ता गरेलगत्तै चिनियाँ राजदूत सोङले पनि प्रधानमन्त्री कार्कीसँग भेटघाट गरेका हुन् ।
प्रतिक्रिया