जेनजीले सरकार चलाउनुस्, हामी पार्टी रूपान्तरण गर्न लाग्छौं : गगन थापा

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको यो संविधानलाई निरन्तरता दिइर यही संविधानमा टेकि अघि बढ्नुपर्ने बताएका छन्।

आज उनले सामाजिक सञ्जाल फेसबुक मार्फत भिडिओ सन्देश राख्दै भनेका छन्, ‘यो संविधानको निरन्तरताका बारेमा तपाईंहरूले ख्याल गर्नैपर्छ, हामीले जे कुरा गर्ने हो कहीँ न कहीँ यही संविधानमा टेक्नैपर्छ किनकि सामाजिक सञ्जाल बन्द हुँदै गर्दा हाम्रो समाजले स्वीका गर्दैन भने हाम्रा नागरिक अधिकार खोसेका कुरा कसले स्वीकार गर्छ? फेरि अर्को आन्दोलन हुन्छ।’

थापाले यो संविधानलाई कायमै राखेर यसभित्र संशोधन र परिमार्जन गरि अघि बढनु पर्ने बतए ।

उनले भने- ‘जेनजीले सरकार चलाउन तिर लाग्नुस , हामी पार्टी सुधार गर्न लाग्छौं, नेतृत्व परिवर्तन गर्न लाग्छौं । तर संविधानभन्दा बाहिर गएर समाधान खोज्न थालियो भने अहिले एकछिन त होला केही समयपछि सम्हाल्न नसक्ने हुन्छ।’

उनले पुनर्निर्माणमा सबैको साथ सहयोग चाहिने र गल्ती गर्नेलाई कानुनअनुसार कारबाही गरिनुपर्ने पनि बताए ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्