गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न- नेपाल ठुलो हो कि जिबी राई ठुलो हो ? (भिडियो)

'हाम्रा प्रधानमन्त्रीलाई भारत भ्रमणमा मुख्यमन्त्रीजस्तो व्यवहार भयो'

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई गिरीबन्धु टि-स्टेटको फाइल कहिले खोलिन्छ ? भनि प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले भ्रष्टाचारका ठूला फाइल फाइल खुल्छन् भनेर संसदमा हेरिरहेको बताए ।

उनले भने, ‘मेलम्ची, वाइडबडी, फोरजी जस्ता भ्रष्टाचारका फाइल कहिले खुल्छ ? सहकारीको रकम अपचलनमा संलग्न रहेको जिबी राईलाई किन पक्राउ गरिएन ? नेपाल ठुलो हो कि जिबी राई हो ?’

गृहमन्त्री हुनु अगाडि रवि लामिछानेले जिबी राईलाई आकासमा, पातालमा भएपनि खोजेर ल्याउँछु भनेको स्मरण गर्दै उनले भने, ‘कहिले ल्याउनुहुन्छ ?’

यस्तै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको बेलामा कुनै प्रदेशको मुख्यमन्त्रीलाई गरेजस्तो व्यवहार पनि नगरिएको टिप्पणी गरे ।

उनले भने, ‘हाम्रो देशको प्रधानमन्त्री भारत भ्रमणमा जानुहुन्छ । उहाँ व्यक्तिगत रूपमा पुष्पकमल दाहालको रूपमा नभएर सम्माननीय नेपालको प्रधानमन्त्रीको हैसियतमा जानुहुन्छ भारतले गर्ने आत्मसम्मान प्रधानमन्त्रीलाई गरेको हो कि सिंगो नेपाललाई गरेको हो ? त्यो सम्मान हेर्दा कुनै प्रदेशका मुख्यमन्त्री भारत गइरहेका छन् । त्यहाँको प्रधानमन्त्रीको शपथमा हाजिर लगाइरहेका छन् जस्तो लाग्छ ।’

उनले भारतमा नेपालको प्रधानमन्त्रीलाई हुने गरेको सम्मानप्रति प्रश्न उठाउँदै उनले भने, ‘भारतमा त्यस्तो हुन्छ नेपालमा आउँदा बाटो बन्द गरेर तामझामको साथ एयरपोर्टमा बाजागाजा हुन्छ । म प्रधानमन्त्रीलाई प्रश्न गर्न चाहन्छु ।’

प्रतिनिधि सभाको बैठकमा शाहीले के-के भने ? भिडियोमा हेर्नुस्

 



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्