सभामुखले कांग्रेसलाई हेपेर सरकारको काम अघि बढाउँछौं भन्ने ठान्नुहोला : गगन थापा (भिडियो)

'गृहमन्त्रीलाई तपाईंले धोएर धोइन्न, पखालेर पखालिन्न, अब संसद् चल्न दिँदैनौं'

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीलाई चोख्याउन सरकारको संयन्त्रलाई वासिङ मेसिनजस्तो प्रयोग गरिएको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले धोइ पखाली गरेर नहुने बताए।

उनले भने, ‘प्रधानमन्त्रीजी सरकारले गरिरहेको कामकारबाहीप्रति हाम्रो विश्वास रहेन। ढाकछोप गरियो राज्यका तमाम अंगहरुलाई वासिङ मेसिनजस्तो प्रयोग गरियो तपाईँहरूले धोएर धोइन्न, पखालेर पखालिन्न। दूधको दूध पानीको पानी संसदीय समितिले छुट्टाउँछ। जबसम्म संसदीय छानबिन समिति बन्दैन तबसम्म सदन अघि जान सक्दैन।’

उनले अब सदन अघि नबढ्नेको जिम्मेवार कांग्रेस नभई सरकार आफैँ हुने बताए।

उनले भने, ‘हामीले संसदीय छानबिन समिति मात्रै बनाउनुस् अरू केही पनि चाहिँदैन। सरकार तपाईंहरुले चार वर्ष चलाउनुस् समिति बनाउनुस् तपाईँहरू नेतृत्व गर्नुस्, हामीलाई गलत साबित गरिदिनुस्, हामी सही छौँ भने हाम्रो कुरा रहन्छ, हामीलाई संख्याको आधारमा सभामुखले हेप्न खोज्ने ? पेल्न खोज्ने ?’

उनले आफू संलग्न नभए समिति बनाउन गृहमन्त्री किन किन डराएको ? किन आत्तिएको ? भन्दै प्रश्न गरे।

उनले कहिले प्रधानमन्त्री, कहिले प्रहरी हुँदा हुँदै महान्यायाधिवक्ता कार्यालयलाई दुरुपयोग गरेको टिप्पणी गरे। गृहमन्त्रीले सहकारीको अर्बौँ अपचलन गरेको आफूसँग प्रमाण रहेको दाबी गरे।

उनले भने, ‘गृहमन्त्रीमाथि कहीँ अभियोजन भएको छैन, अनुसन्धान भएको छैन भनेर झुट बोल्ने ? रुपन्देही प्रहरी कार्यालयले गरेको अनुसन्धान, त्यहाँको अदालतमा भएका प्रमाणहरू पेश गरौँ ? सहकारीमा आफैँले लिखित गरेर माग फारम भरेर ऋण लिएको प्रमाण पेश गरौँ ? एक अर्ब रुपैयाँ अपचलन गरेका प्रमाणहरू पेश गरौँ ?’

साथै उनले संख्याको आधारमा हेपेर अघि बढाउन नखोज्न पनि चेतावनी दिए।

‘अहिले संख्याको आधारमा हेपेर, पेलेर सरकारको काम अघि बढाउँछौँ भन्ने ठान्नुभएको छ?,’ उनले भने।

गगनले बोलिसके पछि कांग्रेसले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ । सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले उठेर विरोध गरेका हुन् ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्