सिरोहियालाई थप तीन दिन थुनामा राख्ने अनुमति ।

No ads found for this position
No ads found for this position

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले थप तीन दिन थुनामा राख्न अनुमति दिएको छ।

जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले थप तीन दिन थुनामा राख्न अनुमति दिएको हो। सरकारी वकिल कार्यालय धनुषाले सिरोहियालाई थप पाँच दिन थुनामा राखी अनुसन्धान गर्न समय मागेको थियो।

सिरोहियाको पक्षमा कानुन व्यवसायीहरु वरिष्ठ अधिवक्ता शम्भु थापा, मधेश प्रदेशका पूर्वमुख्यन्यायाधिवक्ता दीपेन्द्र झा, वरिष्ठ अधिवक्ताहरू टीकाराम भट्टराई, शेरबहादुर केसी, रमण श्रेष्ठ, गोविन्द बन्दी र रमण कर्णले बहस गरेका थिए। सरकारको तर्फबाट सरकारी वकिल सुदीप डंगोलले बहस गरेका थिए।

यसअघि पनि जिल्ला अदालतले अनुसन्धानका लागि सिरोहियालाई तीन दिन थुनामा राख्न अनुमति दिएको थियो। गत मंगलबार काठमाडौंस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाटै पक्राउ परेका उनलाई बुधबार अदालतमा उपस्थित गराइएको थियो।

यसअघि दिएको म्याद आज समाप्त हुने भएकाले म्याद थपका लागि सिरोहियालाई पुन अदालतमा पेस गरिएको थियो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *