मन्त्री श्रेष्ठ भन्छिन्- अटिजम भएका विद्यार्थीलाई पढाउन स्कुल खोलेर मात्रै कसले काम गर्छ ? (भिडियो)
काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षक र मनोपरामर्शदाता शिक्षण अनुमति पत्र आवश्यक रहेको बताएकी छिन्।
आईतवार माइतीघर मण्डलामा विगत पाँच दिनदेखि उभिएर विरोध जनाउँदै आएका नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य नेत्र चापागाईंको मागलाई ऐक्यबद्धता जनाउँदै उनले यस्तो बताएकी हुन् ।
उनले भनिन् ‘अटिजम भएकोमा हामी क्लियर के हुनुपर्छ भने नेपालमा न काउन्सिलरहरुको लागि लाइसेन्सिङ छ, न अटिजम अकुपेसन थेरापी गर्नेको लाइसेन्स छ । जबसम्म लाइसेन्सिङ प्रभिजन आउँदैन, स्कुल खोलेर मात्रै कसले काम गर्छ ? लाइसेन्सिङ हुनुपर्छ भनेर म गम्भीरतापूर्वक लागिसकेको छु ।’
भिडियोमाहेर्नस्






Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्