गिरीबन्धु टी-स्टेटको जग्गा प्रकरण: ब्याटलमा उत्रिए ओली-देउवा (भिडियो)

जग्गा कांग्रेसले बेचेको हो: ओली, आफूले बेचेर कांग्रेसलाई दोष लगाउँछन्: देउवा

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- गिरीबन्धु टी-स्टेटको जग्गा बिक्री प्रकरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ब्याटलमा उत्रिएका छन् ।

ओलीले बुधवार एक कार्यक्रममा कांग्रेसले गिरीबन्धु टी-स्टेटको ७० बिघा जमिन कमिसन खाएर बेचेको आरोप लगाएका थिए । ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा कांग्रेसले एक पटक ५१ बिघा र अर्को पटक १९ बिघा कमिसन खाएर सट्टापट्टा गर्ने नाममा बिक्री गरेको आरोप लगाएका थिए ।

ओलीको यो आरोपलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पनि जवाफ फर्काउँदै यो जग्गा ओली आफैले बेचेको बताएका छन् ।

प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई आज सम्बोधन गर्दै देउवाले भने,’नेपालको राजनीतिमा ओलीजीले बोलेको कुरा बाहिर आएको गिरीबन्धु टी स्टेटको बारेमा, कांग्रेसको पालामा भएको भनेर, आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ, कहिले कुन बेलामा भयो भन्दिए भइहाल्यो नि, त्यसैले उहाँजस्तो नेताले यस्तो कुरा गर्न सुहाउँदैन, आफूले गरेको कुरालाई गरेको भन्नलाई के को आपत्ति ?’

देउवा र ओलीको रोचक ब्याटल भिडियोमा हेर्नुस्

 



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्