सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला १ लाख ४० हजार

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ। आज सुनको मूल्य हालसम्मकै उच्च भएको हो।

आज छापावाल सुन अघिल्लो दिनको तुलनामा प्रतितोला १६ सय रुपैयाँले बढेर १ लाख ४० हजार रुपैयाँ पुगेको छ । हिजो १ लाख ३८ हजार ४ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला १ लाख ३९ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रतितोला ६० रुपैयाँले बढेर १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *