एसीसी प्रिमियर कप: ओमानले युएईलाई हरायो

No ads found for this position
No ads found for this position

काठमाडौं- एसीसी प्रिमियर कप अन्तर्गत आयोजक ओमानले युएईलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा ओमानले युएईलाई ९ विकेटले पराजित गरेको हो ।

बर्षाले प्रभावित भएको सो खेल १५-१५ ओभर खेलिएको थियो ।

युएईले दिएको १४३ रनको लक्ष्य पछाएको ओमानले १२.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गर्दै युएईले १५ ओभरमा ५ विकेट गुमाउदै १४२ रन बनाएको थियो ।

त्यस्तै गएराती नै सम्पन्न खेलमा कुवेतले बहराइनलाई २६ रनले पराजित गरेको छ ।

योसँगै समुह बि मा ओमान अपराजित रहदै ३ खेलमा ६ अंकसहित शिर्ष स्थानमा छ भने कुवेत ३ खेलमा ४ अंकसहित दोस्रो र युएई ३ खेलमा ४ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै बहराइनले तिनै खेलमा हार बेहोरेको छ भने कम्बोडियाले २ खेलमा हार बेहोरेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *