सडकमा लड्डु बाँड्दै गृहमन्त्री रवि लामिछानेले मनाए नयाँ वर्ष (भिडियो)

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरीको मनोबल र सुधारको काम अझ अघि बढाउनका लागि नयाँ वर्षको दिनमा खुसीयाली साटासाट गर्न आफू सडकमा आएको बताएका छन्।

उनले सडकमा गुडेका सवारीलाई रोकी सवारी चालक र प्यासेन्जर लाई लड्डु बाँड्दै नयाँ वर्षको शुभकामना दिए । उनले लड्डु खुवाउँदै सेभ ड्राइभर गर्न र ट्याक्सीलाई मिटरमा हिँड्न आग्रह गरे । उनले सडकमा रोकेर सधैँ प्रहरीले लाइसेन्स मागेको थियो होला आज त लड्डु पो आएछ त भनी ठट्टा गरेका थिए।

शनिवार नयाँ वर्षको अवसरमा काठमाडौंको थापाथलीस्थित सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग नयाँ वर्षको अवसरमा खुसीयाली साटासाट गर्न पुगेका उनले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका हुन् ।

उहाँले जनताका सबै किसिमका गुनासाहरू यथोचित ढङ्गबाट समाधान हुने प्रतिबद्धता गर्दै कर्मचारीहरूमाथि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह बिना नै काम गर्ने वातावरण बनाइने बत्ताए ।

उनेले काठमाडौं सहरलाई चलायमान र क्रियाशील बनाउन नयाँ वर्षबाट २४ सै घण्टा दरबार मार्ग र ठमेल क्षेत्र सञ्चालन गर्न लागिएको र काठमाडौंलाई जिउँदो, जाग्दो सहर बनाउन आफूले काम गरिरहेको जिकिर गरे ।

उनले भने, सबै जना सुरक्षित हुनुहुन्छ, त्यस कारण सहर जिउँदो छ, उज्यालो छ । सहरमा राति, बिहान, साँझ कतै जानुपर्दा सहरमा खुला ठाउँहरू छन्, सुरक्षित छन् भन्ने सन्देश हरेक देशले दिइरहेको छ, त्यो हुनुपर्छ, आजको बदलिँदो परिस्थितिमा सात, आठ बजे अध्यारोप हुने भन्ने हुँदैन, व्यापार व्यवसाय चलोस्, मानिसहरूको चहलपहल होस् ।’

गृहमन्त्री लामिछानेले प्रहरीको मनोबल र सुधारको काम अझ अघि बढाउनका लागि नयाँ वर्षको दिनमा खुसीयाली साटासाट गर्न आफू सडकमा आएको बताए। -न्युज एजेन्सी नेपाल

भिडियो हेर्न तलकको लिङ्क क्लिक गर्नुस-



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्