सुनको मूल्य बढ्यो, आज पनि रेकर्ड

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

आइतबार (हिजो) हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख ३५ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला १ लाख ३६ हजार दुई सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा ६ सय रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *