जीवी राईलाई गृहमन्त्रीले लुकाएका छन्, सहकारी पीडितको बहस गर्न सिंहदरबार आउनु : महामन्त्री शर्मा (भिडियो)

'प्रधानमन्त्रीले गृहमन्त्रीलाई रोष्ट्रमबाट निर्दोष भनी अदालतले जस्तो फैसला सुनाउन पाइँदैन'

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जीवी राई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सम्पर्कमा रहेको सूचना आफूहरूले पाएको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जीवी राई गृहमन्त्रीको सम्पर्कमा रहेको बताएका हुन् । उनले राईलाई गृहमन्त्रीले आकाशमा गएर लुक, पातलमा गएर लुक भनेर भनिदिएको बताए ।

रवि लामिछानेलाई लक्षित गर्दै शर्माले भने, ‘कांग्रेसले त प्रधानमन्त्रीकै अफर गर्‍यो भनेर साथीहरूले प्रचार गरेको झुटलाई पत्याएर संसारलाई ठण्डा दिमागले सोचिदेओस् । ए प्रधानमन्त्रीकै अफर आउँदा पनि नाइँ मलाइ प्रधानमन्त्री हैन गृहमन्त्री नै चाहिन्छ भनेर भन्नुहुन्छ भने संका गर्नु पर्ने ठाउँ हुन्छ कि हुँदैन ।’

उनले सहकारी पीडितको बारेमा बहस गर्न सिंहदरबारमा आउन रवि लामिछानेलाई आग्रह गरे । शर्माले भने, ‘म गृहमन्त्रीलाई निमन्त्रणा गर्न चाहन्छु । बोल्दै गर्दा हामी भन्दा ठुलै स्वरमा पनि बोल्नु हुन्छ । आउनुस् म बहस गर्नका लागि ठाउँ निर्धारण गर्न चाहन्छु । त्यो हो नेपाल देशको काठमाडौं जिल्लाको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार भित्र स्थापना हुने संसदीय छानबिन समितिको कार्यालयमा।’

यस्तै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को रोष्ट्रमबाट गृहमन्त्री निर्दोष रहेको फैसला गरेकोप्रति आपत्ति जनाए ।

यहाँ म कसैलाई दोषी ठहर गर्न उभिएको छैन । म अपिल गर्छु यहाँ कसैले पनि निर्दोष हुनुहुन्छ भनेर अदालतले जस्तो फैसला सुनाउन पाइँदैन ।

प्रधानमन्त्रीले भन्नुभयो गृहमन्त्री निर्दोष हुनुहुन्छ । रोष्ट्रममा उभिएर भन्नुभयो । केही सांसदहरूले पनि भन्नुभयो । गृहमन्त्रीलाई पनि रोष्ट्रममा उभिएर ठुलो स्वरमा भन्न मन छ म निर्दोष छु । को दोषी को निर्दोष रोष्ट्रमबाट वा फ्लोरबाट छुट्याउने विधि होइन । हामी चाहन्छौं संसदीय छानबिन समिति बनाएर गृहमन्त्रीलाई आफू निर्दोष साबिक हुन पाउने हक दिऔं ।

महामन्त्री शर्माले प्रतिनिधि सभाको बैठकमा बोलेको थप सुन्न र हेर्नको लागि तलको भिडयो मा क्लिक गर्नुस्



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्