ताइवानमा शक्तिशाली भूकम्प, जापान र फिलिपिन्समा सुनामीको चेतावनी

No ads found for this position
No ads found for this position

काठमाडौं- ताइवानमा आज (बुधबार) बिहानै ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।

ताइवानमा आज गएको यो शक्तिशाली भूकम्प २५ वर्षयताकै शक्तिशाली भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु ताइवानको हुआलियन सहरबाट १८ किलोमिटर (११ माइल) दक्षिणमा थियो। यसपछि पनि परकम्प गइरहेको जनाइएको छ।

भूकम्पको धक्का चीनको दक्षिणपूर्वी फुजियान प्रान्तका केही भागमा पनि महसुस भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्। भूकम्पले ताइवानमा कति जनधन क्षति भयो भन्ने एकिन भइसकेको छैन।

ताइवानमा शक्तिशाली भूकम्प गएपछि जापान र फिलिपिन्समा सुनामी आउने चेतावनी दिइएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *