आजदेखि ४ रुपैयाँले बढ्यो पेट्रोलको मूल्य

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य ४ रुपैयाँले बढाएको हो ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलेका मूल्यमा प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएकोले नेपालमा पनि पेट्रोलमा मूल्य बढाएको हो ।

जसअन्तर्गत पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १७२.५०, दोस्रो वर्ग १७४ र तेस्रो वर्गमा १७५ रुपैयाँ पुगेको छ ।

निगमले डिजेल, मट्टितेल, एलपी ग्यास तथा हवाई इन्धनको भने मूल्य यथावत् राखेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *