आईपीएलमा दिल्ली क्यापिटल्ससँग चेन्नई पराजित

No ads found for this position
No ads found for this position

काठमाडौं- आइतबार राति भएको खेलमा चेन्नई सुपर किंग्स दिल्ली क्यापिटल्ससँग २० रनले पराजित भएको छ।

१ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो।

खेलको अन्त्यमा पूर्वकप्तान महेन्द्रसिंह धोनीले १६ बलमा ३७ रनको विस्फोटक इनिङ्स खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। उनले चार चौका र ३ छक्का प्रहार गरेका थिए।

चेन्नईका लागि अजिंक्या रहाने सर्वाधिक ४५ रन बनाए। त्यस्तै डेरल मिचेलले ३४ तथा रवीन्द्र जडेजाले नटआउट रहँदै २१ रन बनाए। दिल्लीका लागि खलिल अहमदले किफायती बलिङ गर्दै ४ ओभरमा मात्र २१ रन खर्चेर २ विकेट लिए। त्यस्तै, मुकेश कुमारले ३ तथा अक्षर पटेलले १ विकेट हात पारे।

यसअघि डेविड वार्नर र ऋषभ पन्तको अर्धशतकीय पारीको मद्दतले दिल्लीले ५ विकेटको क्षतिमा १ सय ९१ रन बनाएको थियो। वार्नरले ५२ रन तथा कप्तान पन्तले ५१ रन बनाए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *