आधा आकाश ओगट्ने महिलालाई सम्पन्न नबनाई चम्किलो धर्तीको कल्पना गर्न सकिँदैन: प्रधानमन्त्री (भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका छन्।

महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौं अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।

प्रधानमन्त्रीले भने, ‘विगतको तुलनामा नेपाली महिलाको अवस्था क्रमशः सुदृढ हुँदै गएको छ। तर आधा धर्तीका मालिक महिलाको यही प्रगतिमा सन्तुष्ट हुन भने सकिन्नँ। त्यसैले महिला सशक्तीकरणका लागि सबैको हातेमालो आवश्यक छ।’

प्रधानमन्त्री प्रचण्डले महिलालाइ आर्थिक रूपमा आत्मनिर्भर बनाउने अभियानमा सरकार हातेमालो गर्न तयार रहेको बताए । उनले भने, ‘आधा आकाश ओगट्ने महिलालाई नसमेटीकन चम्किलो धर्तीको कल्पना पनि गर्न सकिँदैन ।’

उनले महिलालाई आर्थिक रूपले सबल र सम्पन्न बनाउन नसके साँचो अर्थमा महिला सशक्तीकरण हुन नसक्ने बताए ।

यस्तै उनले आजको दुनियाँमा महिला सशक्तीकरणका लागि सबैभन्दा पहिले आर्थिक पहुँच दरिलो हुनु पर्ने बताए ।

थप कुरा तलको भिडियोमा हेर्नुस्

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *