आज पनि वर्षा भए नेपाल र आयरल्यान्ड बिचको खेल के होला?

No ads found for this position
No ads found for this position

काठमाडौं- टी-२० एक दिवसीय सिरिज अन्तरगत नेपाल ‘ए’ ले पहिलो अभ्यास खेल अन्तरगत आज आयरल्यान्ड ‘ए’ सँग खेल्दैछ ।

बिहीबार वर्षाको कारण रद्द भएको खेल आज हुन लागेको हो । खेल दिउँसो १ बजे बाट त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच तीन टी-२० खेल शुक्रबार, शनिबार र सोमबार हुनेछ । त्यस्तै तीन एकदिवसीय खेल चैत २१, २३ र २५ हुनेछ ।

काठमाडौंमा आज पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षा भए आज पनि खेल रोकिने छ।

नेपालली टोली

विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री ।

आयरल्यान्ड टोली

निल रक (कप्तान), पिटर मुर, रस आदिर,केड कार्माइकल, ग्यारेथ डेलानी, स्टीफन डोहेनी, म्याथ्यु फस्टर, फिन हृयान्ड, गेभिन होई, म्याथ्यू हम्फ्रेज, थोसम मेयस, लियाम म्याककार्थी, जेम्श म्याकुलम, मोर्गन टोप्पिङ र बेन ह्वाइट ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *