अंग्रेजी नाम भएका विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम

No ads found for this position
No ads found for this position

काठमाडौं- महानगर भित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरपालिकाले एक महिने अल्टिमेटम दिएको छ।

महानगरपालिकाले बिहीबार सूचना जारी गर्दै निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको अल्टिमेटम दिएको हो।

शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भएबमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था भएकोले सो व्यवस्था बमोजिम विद्यालयको नामकरण गर्न सूचनामा भनिएको छ।

महानगरपालिका अन्तर्गतको शिक्षा विभागद्वारा जारी सूचनामा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नका लागि प्रक्रिया अघि बढाई एक महिना भित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित निवेदन पेस गर्न सबै निजी विद्यालयहरुलाई अनुरोध गरिएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *