गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

No ads found for this position
No ads found for this position

काठमाडौं- गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् ।

बुधबार बसेको बैंकको सञ्चालक समितिको ३०४औं बैठकले बैंकमा यस अघि नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत उपाध्यायलाई २०८१ बैशाख १ गतेदेखि लागु हुने गरी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा पदमा नियुक्त गरेको हो।

व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय यस बैंकमा संस्थापना कालदेखिनै कार्यरत थिए । उनले विगत १५ वर्षदेखि कम्पनी सचिव र ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदको रुपमा यस बैंककामा काम गरिसकेका छन् । उपाध्याय बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापन/प्राध्यापन पेशामा संलग्न थिए ।

यस विकास बैंकमा विगत १५ वर्षदेखि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका गोविन्द प्रसाद ढकालको यहि चैत्र मसान्त कार्यकाल समाप्त हुँदैछ । उनको कार्यकाल सकिए पछि अब बैशाख १ गतेदेखि प्रमुख कार्यकारी अधिकृतको रुपमा माधव प्रसाद उपाध्याले सम्हाल्ने छन् ।

साथै बैंकको बुधबार बसेको बैठकले बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई २०८० चैत्र १५ गतेदेखि लागु हुने गरी विकास बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएम मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय