रुसको कन्सर्ट हलमा अन्धाधुन्ध गोली चल्दा ६० जनाको मृत्यु

No ads found for this position
No ads found for this position

मस्को- रुसको एउटा कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा ६० जनाको मृत्यु भएको छ।

घटनामा १ सय भन्दा बढि घाइते भएको रोयटर्सले जनाएको छ। रुसी मानव अधिकार आयोगले यसलाई ‘आतंकवादी हमला’ भनेको छ।

कन्सर्ट हुन लागेको बेला घटना मस्को नजिकैको क्रोकस सिटी हलमा भएको थियो। बीबीसीका अनुसार कन्सर्टअघि भेषमा हलभित्र प्रवेश गरेका हतियारधारीहरूले अन्धाधुन्ध गोली चलाउन थालेका थिए।

भवनमा आगलागी भएको र धेरै मानिस भित्र फसेको अनुमान गरिएको छ।

घटनास्थलमा पुगेका सुरक्षाकर्मीले बेसमेन्टबाट करिब एक सय जनाको उद्धार गरेका थिए। आरआईए नोवोस्ती समाचार एजेन्सीका अनुसार कम्तीमा तीन आक्रमणकारी हलमा प्रवेश गरेका थिए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *