रक्सीमा अनियमितता गरेका दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

No ads found for this position
No ads found for this position

काठमाडौं- रक्सी नीतिमा भएको अनियमितताको आरोपमा भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन्।

प्रवर्तन निर्देशनालय (ईडी) ले मुख्यमन्त्री केजरिवाललाइ बिहीबार साँझ पक्राउ गरेको हो। केजरीवाललाई पक्राउ गर्न ईडीको टोली सर्च वारेन्ट लिएर केजरीवालको घर पुगेको थियो।

मुख्यमन्त्री पक्राउ परेपछि दिल्लीकी शिक्षा मन्त्री आतिशीले केजरीवाल नै दिल्लीको मुख्यमन्त्री रहने र जेलबाट सरकार चलाउने प्रतिक्रिया दिएकी छन्। साथै आम आदमी पार्टीको कानूनी टोलीले सर्वोच्च अदालतमा अपिल गर्दै तत्काल सुनुवाइ गर्न पनि माग गरेको छ।

यसअघि बिहीबार दिउँसो उच्च अदालतले दिल्लीका मुख्यमन्त्रीको गिरफ्तारीमा रोक लगाउने निवेदन खारेज गरेको थियो।

मदिरा नीति मुद्दामा केजरीवाललाई २७ फेब्रुअरी, २६ फेब्रुअरी, २२ फेब्रुअरी, २ फेब्रुअरी, १७ जनवरी, ३ जनवरी र २०२३ मा २१ डिसेम्बर र २ नोभेम्बरमा समन पठाइएको थियो।

दिल्ली राज्य सरकारको मदिरा नीतिमा दिल्लीका मुख्यमन्त्री र केही मन्त्रीहरु अहिले जेलमा रहेका छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *