विश्वकप छनोटमा नेपाल बहराइनसँग ५-० ले पराजित

No ads found for this position
No ads found for this position

काठमाडौं- फिफा विश्वकप- २०२६ का लागि भएको छनोट अन्तर्गत नेपालले घरेलु टोली बहराइनसँग हार ब्यहोरेको छ।

बहराइन राष्ट्रिय रंगशालामा भएको खेलमा बहराइन ५-० ले विजयी भएको हो। बहराइनले खेलको पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल गरेको थियो।

यो हारसहित नेपालले एशियाबाट विश्वकप छनौटको समूह एचमा लगातार तेस्रो हार बेहोरेको छ। नेपालले पहिलो खेलमा युएईसँग ४-० को हार बेहोरेको थियो भने दोस्रो खेलमा यमनसँग २-० गोल अन्तरले हार बेहोरेको थियो।

अब नेपालले बहराइनसँग नै अर्को खेल आगामी मंगलबार राति खेल्ने छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *