गृहमन्त्री लामिछानेबाट सहकारी ठगीको अनुसन्धान निष्पक्ष हुँदैन: महामन्त्री गगन थापा (भिडियो)

सुन प्रकरणमा आयोग बनाउन एमालेको माग सही रहेछ

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुन प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुन प्रकरणमा शक्तिशाली नेताहरूलाई लुकाउन प्रपञ्च गरिएको पुष्टि भएको बताएका छन् ।

थापाले प्रतिनिधि सभाको बैठकमा एमालेले आयोग बनाउन उठाएको प्रश्न सही साबित भएको बताए । उनले सुन तस्करी प्रकरणको छानबिनका लागि आयोग बनाउनुपर्ने एमालेको माग अहिले सही साबित भएको पनि बताए ।

उनले भने, ‘केही समय अगाडि प्रतिपक्षमा हुँदा एमालेले सुन प्रकरणमा शक्तिशाली मानिसहरूलाई लुकाएको छ भनेर जोडदारसँग उठायो । प्रहरीको नियमित छानबिनबाट अनुसन्धान सही ठाउँमा पुग्न सक्दैन भनेर । शक्तिशाली नेताहरूलाई लुकाउन प्रपञ्च गरिएको रहेछ भन्ने तत्कालीन प्रतिपक्षको आशंका सही साबित भयो । आयोगले प्रतिवेदन बुझाएको छ हामीले भर्खरै समाचार सुन्यौँ कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ । सरकारलाई धन्यवाद छ आयोगले किटान गरेको मान्छे छुट्नु हुन्न हाम्रो साथ छ । तलमाथि भयो भने सरकारलाई प्रश्न गर्ने हाम्रो भूमिका छ । तर, यसले एमालेले प्रतिपक्षको ठाउँमा यो कुरा नउठाएको भए आयोग नबन्ने रहेछ । आयोग नबनेको भए सुन काण्ड फासफुस हुने रहेछ ।’

थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबाट सहकारी ठगीबारे अनुसन्धान हुनेमा आशंका व्यक्ति गरेका छन्।

उनले भने- सहकारी ठगी प्रकरणमा गृहमन्त्री आफै मुछिनुभएको छ। अब यसको निष्पक्ष छानबिन हुन्छ भनेर हामीले कसरी विश्वास गर्ने ? प्रहरीले अनुसन्धान गर्दा त शक्तिशाली नेताहरूलाई नछुने रहेछ। जीवी राई, दीपेश पुनसहितको समूहले अर्बौँ अपचलन गरेको छ त्यसमध्येको सबैभन्दा धेरै पैसा ग्यालेक्सी टेलिभिजनमा गएको रहेछ। मैले थाहा पाएसम्म अझै धेरै शक्तिशाली नेताहरूको नाम आउँछ। राम्रोसँग अनुसन्धान हुने हो भने। त्यसैले अनुसन्धान नियमित ढंगले प्रहरीले गर्न सक्छ भनेर हामीले कसरी पत्याउनेरु सहकारी ठगीमा कुनै एउटा प्रमाण नास नहोस्। अहिले प्रमाणहरू प्रहरीसँगै छ। पीडितहरूले जम्मा गरेर दिएका छन्। जो मुछिएको छ त्यसले अनुसन्धान गर्छ भनेर कसरी पत्याउने ? प्रधानमन्त्रीबाट हामीलाई जवाफ चाहिएको छ। हामीलाई ओठे जवाफ होइन। जिम्मेवारी बोधसहितको चाहिन्छ।

उनले नखाएको विष नलाग्ने भएकाले गृहमन्त्रीलाई आफू जोडिएको प्रकरण टुंग्याउन आग्रह गरेका छन्।

उनले थपे- म गृहमन्त्रीलाई पनि आग्रह गर्न चाहन्छु यसलाई टुंग्याउन दिऊ। दूधको दूध पानीको पनि हुन दिऊँ। नखाएको विष लाग्न हुँदैन। त्यसको पीडा मैले पनि भोगेको छु। यदि विष नखाएको छ भने लाग्न हुँदैन। हामी कसैले पनि न्यायाधीश बनेर त दोषी भन्न हुँदैन।

उनले अहिलेसम्म आएका ठूला प्रकरणमा सत्तापक्ष होस् वा प्रतिपक्ष दोषी देखिए सबैलाई कारबाही गर्न माग गरे।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *