टिकटक प्रतिबन्ध लगाएर अमेरिकीले डाँकुको जस्तो ब्यावहार गर्यो: चीन

No ads found for this position
No ads found for this position

बेइजिङ- टिकटक माथी प्रतिबन्ध लगाउने अमेरिकी तयारी प्रति चीनले आपत्ति जनाएको छ ।

अमेरिकी संसदमार्फत टिकटक प्रतिबन्ध गराउने बिधेयकले चाँडै नै अमेरिकामा प्रतिबन्ध लगाउनका लागि बाटो खुल्ला गरेको छ । तर, चीनले अमेरिकी संसदको सो प्रयासलाइ अन्याय पुर्ण र डाकु जस्तो व्यवहार गरेको आरोप लगाएको छ ।

बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले विधेयकमाथिको मतदान निष्पक्ष प्रतिस्पर्धा र न्यायको सिद्धान्तविपरीत भएको पहिलो प्रतिक्रिया दिएका छन ।

‘जब कसैले अर्को व्यक्तिसँग भएको राम्रो चीज देख्छ र यसलाई आफ्नो लागि लिने प्रयास गर्दछ, यो पूर्णतया डाकुको तर्क हो,’ प्रवक्ता वाङले भने ।

अर्का चिनियाँ अधिकारी वाणिज्य मन्त्रालयका प्रवक्ता हे याडोङका अनुसार चीनले आफ्नो वैध अधिकार र हितको रक्षा गर्न सबै आवश्यक कदम चाल्नेछ।

हालै अमेरिकी संसदले पारित गरेको विधेयकले टिकटकको मूल कम्पनीको फर्मबाट टिकटक अलग हुनु पर्ने सर्त राख्दै सो एपमाथि प्रतिबन्ध लगाउन ६ महिनाको समय दिएको छ ।

यद्दपी, अझै पनि सिनेटमा अप्ठ्यारो टिकटक प्रतिबन्ध गर्ने तयारीको सामना गर्नु पर्नेछ । तर, राष्ट्रपति जो बिडेनले भने कि यदि यो कांग्रेसबाट पनि पास भयो भने उनले सहजै हस्ताक्षर गर्नेछन् ।

बीबीसीका अनुसार बेइजिङले आफ्नो हितको रक्षा गर्न आवश्यक उपाय गर्ने जनाएको छ । टिकटक चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको छ, जो केम्यान टापुमा दर्ता भएको बेइजिङमा रहेको फर्म हो ।

अमेरिकी सांसदले यस एपको बारेमा चिन्ता व्यक्त गरेका छन् र भनिरहेका छन् कि चिनियाँ सरकारको निगरानीमा रहेको सो एपले अमेरिकी जनताका डाटालाई राष्ट्रिय सुरक्षा जोखिममा पार्ने उत्तिकै खतरा रहेको छ । तर, टिकटकका मालिकहरूले भने अमेरिकाको सो आरोपहरूलाई अस्वीकार गर्दै आएका छन् ।

बुधवार मात्रै अमेरिकी कंग्रेसमा प्रस्तावित कानूनको पक्षमा ३५२ र विपक्षमा ६५ जना सांसदले मतदान गर्दै सो विधेयक पारित गर्न भारी मत दिएर प्रतिबन्धका लागि बाटो खुल्ला गरेको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *