प्रचण्डको उथलपुथलले सहकारी ठगीमा जोडिएका रविलाई गृहमन्त्रीमा ल्याएछ: सुशीला थिङ (भिडियो)

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्कालीन उपराष्ट्रपति नन्दकिशोर पुनको सचिवालय पनि सुन तस्करी जोडिएको विषयमा सरकारको ध्यानाकर्षण गराएको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सचेतक सुशीला थिङले आफूहरूले उठाएको मागको जवाफ संसद् अवरोध गर्ने चेतावनी दिइन्।

उनले भनिन्, ‘तत्कालीन उपराष्ट्रपति नन्दकिशोर पुनको सचिवालय पनि सुन तस्करी प्रकरणमा जोडेर आएको छ। यो विषयमा निराकरण नभएसम्म अबको सदन सहजै चल्छ भन्ने नसोच्नुहोला।’

यस्तै उनले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई गृहमन्त्री बनाइएकोमा आप्पति जनाएकि छिन्। उनले गृहमन्त्री लामिछानेको योग्यतामा प्रश्न उठाएकी हुन् ।

उनले उथलपुथल ल्याउँछु भन्ने प्रधानमन्त्री प्रचण्डले सहकारी ठगीमा मुछिएका व्यक्तिलाई गृहमन्त्री नियुक्त गरेको भन्दै आलोचना गरिन् ।

उनले भनिन्, ‘उहाँले कसरी मन्त्रीहरु ल्याउनु भएछ भने सहकारी ठगीमा जोडिएका, पोखरा महानगरपालिकाले प्रतिवेदन दिएर अनुसन्धानमा रहेकालाई गृहमन्त्रीमा ल्याउनु भएछ, साँच्चिकै उहाँले उथलपुथल गरेर ल्याउनु भएछ ।’

अब सहकारी ठगी प्रकरणमा अनुसन्धान होला कि नहोला भनेर थिङले प्रश्न गरिन् । ‘के नेपाल सरकारका प्रहरीले गृहमन्त्रीलाई स्यालुट गर्दै अनुसन्धानमा आफ्नो मुद्दामा आफैंलाई दोषी हो भन्न ठहर हुने गरी यो अनुसन्धान होला कि नहोला यो सम्मानीय प्रधानमन्त्रीज्यूले जवाफ दिने कि नदिने ?’ उनले भनिन् ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्