ज्योतिष कर्ममा सक्रिय दिनेश बिडारी

No ads found for this position
No ads found for this position

काठमाडौं -ज्योतिषशास्त्रको प्रारम्भ मेसोपोटामियाको प्राचिन सभ्यतामा नै भएको थियो । ग्रिस हुँदै भारतमा र नेपालमा पनि त्यही विद्या फैलिएको हो भन्ने विद्वानहरूको भनाई रहिआएको छ । आफ्नो प्रेम, बिबाह, सन्तानसुख, पारिवारिक सुख, पढाई, जागिर, ब्यबसाय, रोग, बाधा, ब्यबधान, सफलता, बिदेशयात्रा, जस्ता बिबिध बिषयमा जान्न र अग्रिम उचित मार्गनिर्देशन लिन आफुका आउनेहरुको दैनिक जसो भिड लाग्ने गरेको युवा ज्योतिष दिनेश बिडारी ‘कौशिक’ बताउनु हुन्छ । बारा जितपुर, सिमरा उपमहानगरपालिकामा परिवारको काइलो छोराको रुपमा जन्मनु भएका बिडारी सानै देखि ज्योतिष बिद्यामा रुचि रहेको बताउछन् । उहाँको माईलो मामा पनि ज्योतिष, धामिझाक्री गर्ने भएकोले आफुमा ज्योतिष बिद्या प्रति अझ बढी चासो भएको उहाँको भनाईछ ।
श्री जनजागृति उच्च माध्यामिक बिध्यालयबाट एसएलसी पास गरेपश्चात २०७३ सालमा भैरब ज्योतिष अनुसन्धान केन्द्रबाट ज्योतिष बिद्याको अध्ययनसंगै दिल्लीको देराहादुनबाट ज्योतिष बिद्यामा बिद्यत्व प्राप्त गरीे निरन्तर ज्योतिष पेशामा लागिरहनु भएका बिडारी ज्यातिष बिद्याको बारेमा भन्नु हुन्छः ‘‘ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरङ्गलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो । वेदको प्राकट्यसंगै अपौरूषेय रूपमा स्थापित ज्योतिष शास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्व विदितै छ । वेदमा सम्पूर्ण ज्ञान विज्ञान निहित रहेको कुरा कतिपय पश्चिमा विद्वानहरूले पनि स्वीकार गरेका छन् । त्यो ज्ञान र विज्ञानलाई अध्ययन गर्नको लागि ज्योतिषरूपी चक्षुको आवश्यकता छ । वैज्ञानिकहरूले आज कम्प्युटर दूर्बिन र अनेक विश्वविद्यालयको ल्याब वा प्रयोग शालामा वर्षाै बसेर पूरा ब्रह्माण्ड कै अध्ययन गर्दै आएका छन् ।’’
ज्योतिष सास्त्रमा हस्तरेखा र जन्मकुण्डली हेरेर भुत एवं भष्यिमा भएका र हुने घट्नाको बारेमा जन्म समयको ग्रहस्थिति देखाउने तस्वीर नै जन्म कुण्डली हो । अर्थात् विहानको समय प्रसन्न भए दिनभर प्रसन्न हुने र दुःखी भए दिनभर दुःखी भइने कुरा हामीले दिन्दिनै अनुभव गरेका छौं । मान्छे जन्मदाको समय उसको पृथ्वीमा प्रथम उपस्थित हुँदाको समय के कस्तो छ र त्यसले जीवनमा कुन कुन पक्षमा सफल र कुन कुन पक्षमा असफल बनाउँछ भन्ने कुरा कुण्डलीले स्पस्ट देखाउँछ । ज्योतिष शास्त्र अनुसार जो व्यक्ति जुन समयमा जन्म्यो त्यस समयमा कुन ग्रह कहाँ के कस्तो अवस्थामा थिए र ती संकेत अनुसार कुन कुन पक्ष कति सबल या निर्बल छन् भन्ने कुरा कुण्डलीले देखाउँछ । तिनै ग्रह नक्षत्रले देखाएको संकेत अनुसार व्यक्तिको वस्तुस्थिति या भविष्य कथन सम्भव हुने उहाँको बुझाईछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *