२ करोड नक्कली नोटमा एनआइसी एशिया बैंकको संलग्नता हुन सक्छ: दुर्गा प्रसाई (भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं- सुनसरीको इनरुवामा आइतबार साँझ चेकजाँचको क्रममा प्रहरीले भेट्टाएको २ करोड नक्कली रुपैयाँमा बैङ्कहरूकै संलग्नता भएको हुन सक्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईले बताएका  छन् ।

चेकजाँचको क्रममा कालो ब्यागभित्र बोरामा राखिएको १००० दरका १८ हजार २५१ थान नक्कली नेपाली नोटको कुल १ करोड ८२ लाख ५१ हजार रुपियाँ बरामद भएको थियो । बरामत भएका सबै पैसाको बन्डलमा एन एनआइसी एशिया बैङ्कको लोगो टाँसिएको छ ।

यति धेरै पैसाको बन्डलमा एन एनआइसी एशिया बैङ्कको लोगो टाँसिनुमा यस बैङ्ककै संलग्नता रहेको प्रसाईले बताए ।

उक्त रकम बीआर ११ एक्स ३४२९ नम्बरको भारतीय महेन्द्र स्कोरपियोबाट चेकजाँचको क्रममा भेटिएको थियो ।

सोमबार जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलन गर्दै बरामद भएको नक्कली नेपाली नोट, भारतीय गाडी र भारतीय नागरिक साफीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले सार्वजनिक गरेसँगै व्यवसायी दुर्गा प्रसाईंले एनआइसी एशिया बैङ्कले पैसाका लागि जे पनि गर्ने बताए ।  प्रसाईंले भने, ‘एनआइसी एशिया बैङ्क अवैध कार्यमा संलग्न हुने गरेको छ। भारतबाट भित्रिएको पैसा पनि त्यही बैङ्कको हो। यो बै‌कले जनताको पैसा लुट्न मात्र होइन। अवैध नोट तस्करी गर्ने काम पनि गर्दै आएको छ।’

 

पक्राउ परेका साफीमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रासम्बन्धी कसुरमा सुनसरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *