बाँस बोकेको सेनाको ट्रकलाई महानगरको अवरोध, हनुमानढोका छिर्न दिइएन (भिडियो)

अवरोध पछि सरस्वती पुजाको लागि ल्याइएको सामान बोकेर लगियो

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- नेपाली सेनाको ट्रकलाई न्युरोडबाट हनुमानढोकाभित्र प्रवेशमा महानगर प्रहरीले रोक लगाएको छ ।

फागुन २ गते मनाइने वसन्तपञ्चमी तथा सरस्वती पूजाको तयारीका लागि सेनाले बा. १ ग १५१३ नम्बरको ट्रकमा लोड गरी ल्याएको बाँसलाई महानगर प्रहरीले प्रवेशमा रोक लगाएपछि सामान ट्रकबाट खसाएर बोकेर लगेको थिए ।

सेनाले ट्रक भित्र लान महानगर प्रहरीसँग कहिबेर अनुरोध गरे पनि महानगर प्रहरीले माथि सोधेको तर प्रवेश नदिनु भन्ने आदेश आएको बताएको थियो । यस्तै महानगर प्रहरीले पहिला पनि यस्तो घटना आएको र प्रवेश दिएका त्यस बेलाका इन्स्पेक्टर कारर्वाहीमा परि सरुवा गरिएको जवाफ सेनालाई दिएको थियो ।

वसन्तपञ्चमीका दिन काठमाडौंको वसन्तपुरमा रहेको हनुमानढोका भित्रको नासलचोकमा राष्ट्र प्रमुखको उपस्थितिमा वसन्त श्रवणको आयोजना गर्नुका साथै विभिन्न स्थानमा रहेका सरस्वतीका मन्दिरमा पूजा अर्चना गर्ने चलन छ ।

यस दिनलाई अत्यन्तै शुभ दिन मानिने हुनाले विभिन्न धार्मिक अनुष्ठान बिहे, व्रतबन्ध, पास्नीलगायतका शुभ कार्यकालागि साइत जुराइरहनु नपर्ने मान्यता छ। त्यस्तै बालबालिकालाई अक्षरारम्भ गर्न, नाक, कान छेड्न पनि यसै दिनलाई उपयुक्त साइत मानिने गरिन्छ।

सेनाको सवारीलाइ महानगरले प्रवेशमा रोक लगाएको तलको भिडियो हेर्नुस्-



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्