कहिलेकाहीँ भित्तालाई पनि भाषण सुनाउनुपर्छ: देउवा (भिडियो)

सरोज बानियालाई टिकट दिएन भनेर सबैलाई चित्त दुखेछ, टिकट पायो भने जिताउनु होला

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंको जिल्ला सम्मेलनमा आफूले बोल्नुअघि नेताहरू हिँडेपछि व्यङ्ग्य गरेका छन्।

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, साथीहरु कोही छैन के बोल्नु। देउवाले भने, ‘मान्छे बोल्दा बोल्दै हल खाली हुने अवस्था भइसक्यो । हाम्रो साथीहरू सबैलाई लामो बोल्नुपर्छ । सबै कुरा प्रष्ट सुनाउन पनि पर्‍यो । कुरा सुनाउन पनि कहिलेकाहीँ भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ। धेरै कुरा बोल्नु छैन । साथीहरू बोलिसक्नुभयो ।’

एउटा कुरा सबैलाई चित्त दुखेछ। सरोज बानियालाई राष्ट्रिय सभामा टिकट दिएन भनेर क्या । अब टिकट पायो भने जिताउनु होला नि ! फेरि है । देउवाले भने, ‘अब उहाँले टिकट पाउनुभयो भने जिताउनु होला नि फेरि है । अब उहाँले टिकट पायो भने हराउनु भयो भने ? हराउनु भयो भने नि ? राष्ट्रिय सभा किन प्रत्यक्षमै जिताउन लाग्नुस् न । अब जिताउन लाग्नुस् न । जिताउन सकिँदैन भनेर राष्ट्रिय सभा भनेको जस्तो छ है विचार गर्नुस् । जिताएर छोड्नुस् ।’

उनले काठमाडौंको जिल्ला सम्मेलनले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा पनि धेरै ठूलो महत्त्व राख्ने भएकाले त्यतातिर पनि ध्यान राख्न निर्देशन दिए।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्