सन्दीप चाहियो भन्दै त्रिवि मैदानमा समर्थको हुटिङ, प्रहरीले २ जनालाई  नियन्त्रणमा लियो

No ads found for this position
No ads found for this position

काठमाडौं- काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र क्यानडाबीच एकदिवसीय शृंखलाको खेल भइरहँदा बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लागेको छ ।

समर्थकले सन्दीपको पक्षमा ब्यानरसहित नाराबाजी गरेका हुन् । उनीहरुले सन्दीप चाहियो भन्दै नारा लगाएपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो । ४०औँ ओभरमा खेल चलिरहँदा उपस्थित समर्थकले सन्दीपको पक्षमा नाराबाजी गर्दा केहीबेर खेल नै प्रभावित भयो ।

नाराबाजी रोक्ने प्रयास असफल भएपछि प्रहरीले सन्दीपको पक्षमा नारा लगाउने दुईजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएर उनीहरुलाई मैदानबाट निकालेको छ ।

नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । सोही क्रममा  दर्शकले  ‘सन्दीप हाम्रो शान हुन्, हामीलाई सन्दीप चाहियो’ भन्दै नाराबाजी गरेका हुन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *