कस्तो आउँदैछ नयाँ बजेट ? प्रधानमन्त्री भन्छन्, ‘भोटको लोभले बजेट कनिका झैं छरिँदैन’ (भिडियो)

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यस पटकको बजेट कनिका छरेजस्तो नहुने बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भोटको चिन्ताले बजेट कनिका झैं नछरिने र पुराना र चाँडै बन्ने आयोजना चाँडै पुरा गरी जनतालाई देखाउने बताए ।

प्रचण्डे भने, ‘यस पटकको बजेट प्रस्तुत गर्ने बेलामा हामी सबैका सल्लाह लिन्छौं । एकै चोटि रातो किताबमा आयो कि आएन भनेर मन्त्रीहरूले खोज्नु पर्दैन । योजना र कार्यक्रम कस्ता छनोट गर्ने, कहाँ छनोट गर्ने र प्राथमिकता के लाई दिने भन्ने विषयमा छलफल हुन्छ । ३ करोड भन्दा तलका आयोजना अब संघले गर्दैन । त्यो प्रदेश र स्थानीय तहमा दिइन्छ ।’

पुराना योजनाहरू लथालिङ्ग छन् । खर्च बढेको बढै छ । समय थपिएको थपियहि छ । प्रचण्डले भने, ‘हाम्रो ध्यान नयाँ-नयाँ योजना आफ्नै ठाउँमा पर्नेमा केन्द्रित छ । नयाँ योजना आफ्नोमा परेन भने भोट के हुन्छ भन्ने चिन्ता छ । भोटको चिन्ताले आफ्नो क्षेत्रमा नयाँ योजना कसले कति पार्‍यो भन्ने तछाँड-मछाड छ । यसले पुराना योजना कहिल्यै सम्पन्न भएनन् । यस पटक सम्पन्न छिटो गर्न सकिने पुराना योजनाहरूलाई बजेट केन्द्रित गरी तुरुन्तै सम्पन्न गरेर जनतालाई सरकारले परिणाम दियो भनेर देखाउँछौं ।’

उनले नयाँ योजनामा केही केन्द्रित हुने तर नयाँ योजना ल्याउनमा तछाँड-मछाँड नगर्ने बताए । प्रचण्डले भने, ‘यस पटको बजेट कनिका छरेजस्तो छरेर सबैको चित्त बुझाउनमा केन्द्रित हुँदैन । चैतमा बजेट र नीति कार्यक्रमलाई अन्तिम रूप दिन लागहरिका हुन्छौं । त्यही बेला यो समन्वय परिषद्को तेस्रो बैठक उत्साहितका साथ बस्नेछ ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्