फोडेनको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित

No ads found for this position
No ads found for this position

काठमाडौं- ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डमाथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा फिल फोडेनले ह्याट्रिक गरेका थिए । एक गोलले पछि परेको म्यानचेस्टर सिटीले खेलमा कमब्याक गर्दै खेलमा शानदार जित हासिल गरेको थियो ।

त्यस्तै ब्रेन्टफोर्डका लागि एक गोल भने नील माउपेले खेलको २१औं मिनेटमा गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटी २२ खेलमा ४९ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । एक खेल बढी खेलेको लिभरपुल २३ खेलमा ५१ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी ब्रेन्टफोर्डको भने २२ खेलमा २२ अंक रहेको छ र लिगमा १५औं स्थानमा रहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *