नातिकाजीको ९९ औं जन्म जयन्ती: राष्ट्रपतिद्वारा पूर्व मन्त्री थापा सहित २१ जना सम्मानित (फोटो/भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण भएको छ ।

नेपाली सङ्गीतका शिखर पुरुष नातिकाजी श्रेष्ठको ९९ औं जन्म जयन्तीको अवसर पारेर सोमबार राष्ट्रपति भवन महाराजगन्जमा आयोजित एक कार्यक्रममा सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।

राष्ट्रपति पौडेलबाट सम्मान हुनेहरुमा गीत रचना तर्फ आनन्द अधिकारी, वाद्यवादनमा केशव सुनाम, गीत रचना तर्फ भुषण खरेल सम्मानित भएका छन् ।

यस्तै गीत रचनामा पूर्व मन्त्री तथा राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापा पनि सम्मानित भएका छन् ।

परराष्ट्र सङ्गीतमा धर्म मुनिकार, गायनमा सुदेश शर्मा, वाद्यवादनमा कुमार सिंह र ससुवर्ण लिम्बु, गीत रचनामा राम भट्टराइ र वसन्त थापा सम्मनित भए ।

यस्तै नातिकाजी राष्ट्रिय पुरस्कार विजय शिवाकोटी, शिशिर योगी, बानिका प्रधान राजनराज शिवाकोटीले पाएका छन् भने नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार सन्जय तुम्रोक, रचना रिमाल, शशि विक्रम थापा र प्रकाश मिश्रले पाए ।

नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार अमृत खाती र नातिकाजी राष्ट्रिय कला पुरस्कार शान्ति प्रिय र कृष्ण भट्टराइले पाए ।

कार्यक्रममा कलाकारहरुले नेपाली हामी रहँला कहाँ…. उकाली ओराहरुमा…. आजै र राती के देखे सपना… फुलको थुङ्गा बगेर गयो… लगायतका गीत गाएका थिए ।

भिडिमा हेर्नुस्



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *