विश्वकप फुटवलको उद्घाटन खेल मेक्सिकोमा र फाइनल अमेरिकामा हुने

No ads found for this position
No ads found for this position

काठमाडौं- विश्वकप फुटवलको फाइनल खेल अमेरिकामा हुने भएको छ ।

फिफाले गएराती गरेको घोषणा अनुसार सन २०२६ को विश्वकप फुटवलको फाइनल खेल अमेरिकामा हुने भएको हो ।

फिफाका अनुसार न्युयोर्कस्थित न्यु जर्सीको मेटलाइफ स्टेडियममा सो फाइनल खेल हुनेछ । जस अनुसार सो खेल जुलाई १९ मा आयोजना हुनेछ ।

संयुक्त राज्य अमेरिकाले आफ्नो देशमा पहिलो खेल भने जुन १२ मा नै गर्नेछ, जुन खेल लस एन्जलसको सोफाई स्टेडियममा हुनेछ । तर, यसमा उदघाटनका कुनै कार्यक्रम भने हुन्न ।

सन २०२६ को विश्वकपको आयोजना अमेरिकासहित तीन देशले गर्दैछन । जसअनुसार क्यानडा र मेक्सिको थप आयोजकको रुपमा रहेका छन् ।

उद्घाटन खेल मेक्सिकोमा हुने

बिश्वकप फुटवल २०२६ को उद्घाटन समारोह र पहिलो खेल मेक्सिकोले गर्ने भएको छ । फिफाले गएराती घोषणा गरे अनुसार बिश्वकप २०२६ को उद्घाटन खेल मेक्सिकोले गर्ने भएको हो ।

जस अनुसार मेक्सिको सिटीको स्टाडियो एज्टेका नामक स्टेडियममा सो उद्घाटन समारोह र पहिलो खेल हुनेछ । विश्नकपको उद्घाटन खेल जुन ११ मा हुनेछ ।

अर्जेन्टिनाका स्ट्राइकर डिएगो म्याराडोनाले सन् १९८६ को क्वार्टरफाइनलमा इङ्ल्यान्ड विरुद्ध गरेको ‘ह्यान्ड अफ गड’ गोल यही स्टेडियम एज्टेकामा गरेका थिए, जसको दर्शक क्षमता ८३ हजार रहेको छ ।

मेक्सिकोले सन् १९७० र १९८६ सहित यसअघि दुईवटा विश्वकप आयोजना गरिसकेको छ । सन २०२६ मा उसले तेस्रो पटक विश्वकपको आयोजना गर्न लागेको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *