प्रधानमन्त्रीलाई ओलीको प्रश्न: हार्ने डरले स्काउटको निर्वाचन रोके नेपालको इज्जत के रहन्छ ? (भिडियो)

१२ वर्ष पछि हुन लागेको निर्वाचनलाइ प्रधानमन्त्रीले हस्तक्षेप गर्न मिल्दैन

No ads found for this position
No ads found for this position

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल स्काउटको निर्वाचनमा गठबन्धनले नजित्ने भएपछि निर्वाचन स्थगित गर्न लागेको आरोप लगाएका छन् ।

पार्टीनिकट बैंकिङ क्षेत्र कर्मचारी संघको महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले हिसाब गर्दा गठबन्धनले नजित्ने भएपछि सम्मेलन स्थगित गर्न निर्देशन दिएको बताए ।

ओलीले भने, ‘स्काउट एउटा स्वतन्त्र संस्था हो । मानका लागि प्रधानमन्त्रीलाई त्यहाँ संरक्षक भनिएको हुन्छ । विधानमा संरक्षकले निर्देशन दिन सक्ने छन् भनिएको हुन्छ । निर्देशन भनेको भताभुङ्ग पार्ने होइन । हस्तक्षेप गर्नलाइ निर्देशन भनिँदैन । सकारात्मक सुझाव दिने, सकारात्मक काम गर्न निर्देशन दिने हो ।’

ओलीले आजबाट स्काउटको अधिवेशन सुरु भएकाले विदेशी पाहुनाहरू आइसके र सबै ठाउँमा अधिवेशनको तयारी भइसकेको तर हारिन्छ भनेर प्रधानमन्त्रीले सम्मेलन स्थगित गर्न लागेको आरोप लगाए ।

ओलीले भने, ‘गठबन्धनमा नजित्ला जस्तो देखियो रे । चुनाव होला सायद । हिसाब गर्दा गठबन्धनले नजित्ने सम्भावना देखियो रे, त्यसो भएर सम्मेलन स्थगित गर्नु, संस्थाको खर्च भयो होला, पाहुना आएका छन्, त्यहाँका नेतृत्व आएका छन् । नेपालको इज्जत के हुन्छ ?’

उनले सरकारलाई इज्जत, बेइज्जतको ख्याल नभएको बताए । त्यो सम्पती लुटेर, हडपेर त्यहाँ काँग्रेसले खाइरहेको छ, अहिले पनि । दादागिरी मसल देखाएर खाइरहेको छ । ओली ले भने, ‘स्काउटले राम्रोसँग काम गर्नु भएन भनेर यसलाई भंग गरियो । सम्मानित अदालतले कामकाजी गर्न आदेश दिएको हो । अदालतको आदेशविपरित सरकार स्थगित गाउन आदेश गर्छ ।’

ओलीले हारिने साँच्चै हो भनी प्रधानमन्त्रीलाई प्रश्न गरेको बताए । प्रधानमन्त्रीले ओलीलाई हारिनेबारेमा अलि मिलाएर लैजाऔँ भनी जवाफ दिएको उनले बताए ।

ओलीले भने, ‘के भनेको त्यो । मिलाएर लैजाऔँ भनेको ? रोक्ने आदेश गरेर । यस्तो स्वेच्छाचारिता मनपरी नगर्नुस् । मैले प्रधानमन्त्रीलाई सुझाव दिएको छु । के गर्नुहुन्छ थाहा छैन ।

नेपाल स्काउटको निर्वाचन १२ वर्ष देखि हुन सकेको छैन । स्काउटले तिनै तहको निर्वाचन यहि माघ २२ र २७ गतेको मिति तोकेको छ । स्काउटमा हाल एक लाख सदस्य सङ्ख्या पुगेको नेपाल स्काउटकोले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *