पेट्रोल, डिजेल र खाना पकाउने ग्याँसको मूल्य बढ्यो

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो ।

निगमले बिहीबार (माघ १८ गते) राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो ।

पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २ रुपैयाँका दरले भाउ बढाएको हो । पहिलो वर्गलाई पेट्रोलको भाउ प्रतिलिटर १६७.५० रुपैयाँ, दोस्रोलाई १६९ पैसा र तेस्रो वर्गलाई १७० रुपैयाँ पर्न जानेछ ।

त्यसैगरी, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर पहिलो वर्गलाई १५५.५० रुपैयाँ, दोस्रोलाई १५७ रुपैयाँ र तेस्रोलाई १५८ रुपैयाँ पर्न जान्छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने १५ रुपैयाँले बढेको १९१० रुपैयाँ कायम भएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *