पीएम कप क्रिकेट: आज ३ खेल हुँदै

No ads found for this position
No ads found for this position

काठमाडौं- जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन् ।

आज भैरहवा क्रिकेट मैदानमा एपीएफ क्लब र लुम्बिनी प्रदेशबीच खेल हुँदैछ । त्यस्तै अर्को खेल टियु मैदानमा गण्डकी प्रदेश र मधेश प्रदेशबीच हुदै छ भने तेस्रो खेल मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुँदै छ ।

अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्नो ५ खेलमा सबै खेल जितेर १० अंकसहित शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशले ५ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर दोस्रो तथा त्रिभुवन आर्मी क्लबले ६ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर तेस्रो स्थानमा रहेको छ ।

त्यसैगरी बागमती प्रदेशले आफ्ना ७ खेलमा ८ अंक हासिल गर्दै चौथो र मधेश प्रदेशले आफ्ना ७ खेलमा ८ अंकसहित पाँचौं स्थानमा रहेका छन् ।

त्यस्तै कर्णाली प्रदेश ६ खेलमा ६ अंकसहित छैटौं स्थानमा छ भने एपीएफ ५ खेलमा ४ अंकसहित सातौं स्थानमा रहेको छ ।

त्यसैगरी गण्डकी प्रदेशले ५ खेलमा २ जितसहित ४ अंक हासिल गर्दै आठौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ४ खेलमा एक जित र ३ हार बेहोरेर नवौं स्थानमा छ । त्यस्तै कोशी प्रदेशले अहिलेसम्म खेलेका ८ खेलमै हार बेहोरेर पुछारमा रहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *