चन्द्रमामा मुन मिसन अवतरण गर्ने पाँचौं देश बन्यो जापान

No ads found for this position
No ads found for this position

टोकियो- जापानको चन्द्रयान चन्द्रमामा सफलतापूर्वक अवतरण भएको छ ।

जुन सफलता पछि अमेरिका, रुस, चीन र भारतपछि जापान चन्द्रमामा अवतरण गर्ने पाँचौं देश बनेको छ ।

जापानको अन्तरिक्ष एजेन्सीले आफ्नो स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम) ले चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गरेको जनाएको हो ।

जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीले मुन स्निपर नामक प्रोबलाई लक्ष्यको १०० मिटर (३२८ फिट) भित्र अवतरण गर्ने प्रयास गरेको छ।

जापानको अन्तरिक्ष एजेन्सी स्लिमले आफ्नो सही लक्ष्य हासिल गरेको छ कि छैन भनेर प्रमाणित गर्न एक महिना लाग्ने बताएको छ।

बिविसीका अनुसार जापानको अन्तरिक्ष एजेन्सीले ‘मून स्नाइपर’ भनेर चिनिने आफ्नो अन्तरिक्ष यान चन्द्रमामा अवतरण गरेको जनाएको उल्लेख गरेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *