वेस्टइन्डिजविरुद्ध अस्ट्रेलिया १० विकेटले विजयी

No ads found for this position
No ads found for this position

काठमाडौँ- अस्ट्रेलियाले वेस्टइन्डिजविरुद्धको पहिलो टेस्ट १० विकेटले जितेको छ ।

टेस्टको तेस्रो दिन वेस्टइन्डिजले दिएको २६ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले कुनै विकेट नगुमाएर लक्ष्य पूरा गरेको थियो ।

यसअघि वेस्टइन्डिजले पहिलो इनिंगमा १८८ रन बनाएको थियो भने अस्ट्रेलियाले पहिलो इनंगमा २८३ रन बनाएको थियो । यस खेलमा अस्ट्रेलियाले पहिलो इनिंगमा ९५ रनको अग्रता बनाएको थियो ।

त्यसपछि वेस्ट इन्डिजले आफ्नो दोस्रो इनिंगमा १२० रन मात्र बनाएपछि अस्ट्रेलियाले २६ रनको लक्ष्य पाएको थियो ।  यस खेलमा पहिलो इनिंगमा ११८ रनको शतकीय पारी खेलेका अस्ट्रेलियाका ट्राभिस हेड प्लेयर अफ द म्याच बनेका छन् ।

यो जितपछि २ खेलको सिरिजमा अस्ट्रेलिया १-० ले अगाडी भएको छ । अब दोस्रो टेस्ट जनवरी २५ देखि शुरु हुने छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *