आर्मीविरुद्ध कोशी ८८ रनमा अलआउट

No ads found for this position
No ads found for this position

काठमाडौँ- कोशी प्रदेश ८८ रनमा अल आउट भएको छ ।

जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध टस हारेर पहिला ब्याटिंग गरेको कोशी प्रदेशले २४.४ ओभरमा अल आउट हुदै ८८ रन बनाएको थियो ।

कोशीका लागि कप्तान अंकित सुबेदीले सर्बाधिक ४१ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

कोशीलाई कम रनमा अल औअत गर्ने क्रममा आर्मीका बलर शाहाब आलमले ६ विकेट लिएका थिए । आलमले ६.४ ओभरमा ३ मेडनसहित १४ रन दिएर ६ विकेट लिएका थिए । त्यस्तै कुशल मल्लले २ तथा सोमपाल कामी र विवेक यादवले एक एक विकेट लिएका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *